सुडानको कालोगी क्षेत्रमा भएको आक्रमणमा ११४ जनाको मृत्यु


टोकियो । जापानको उत्तरपूर्वी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापानका केही तटीय क्षेत्रमा सुनामी आउनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्थानीय समय अनुसार राति ११ बजेर १५ मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्प गएको र यसका कारण तटीइ क्षेत्रमा सुनामीका छालहरू आउनसक्ने जापानी मौसम विज्ञान निकाय (जेएमए) ले जनाएको छ । जेएमएका अनुसार भूकम्पको केन्द्रविन्दु ४१.० डिग्री उत्तरी अक्षांश र १४२.३ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।

जेएमएले होक्काइदो, आओमोरी र इवाते प्रान्तको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरेको छ । तटीय क्षेत्रमा तीन मिटरसम्म छालहरू आउनसक्ने पूर्वानुमान जेएमएले गरेको छ । उक्त क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसारको सावधानी अपनाउन निर्देशन प्रशासनले दिएको छ।

शक्तिशाली भूकम्पपछि मियागी र फुकुशिमा प्रान्तहरूमा पनि सुनामीको प्रभाव पर्न सक्ने सूचना प्रशासनले जारी गरेको छ।

खार्तुम । सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।

राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय स्वास्थ्य सेवा अपर्याप्त रहेकाले गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा सार्नुपरेको र त्यसैले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताइएको छ ।

सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्, तर दुवै पक्षले घटनाबारे टिप्पणी गरेका छैनन् । प्रारम्भिक रूपमा स्वयंसेवी समूहहरूले ९ जनाको मृत्यु र ७ जना घाइते भएको जानकारी दिएका थिए, जुन पछि राज्य सरकारले अद्यावधिक गर्दै मृतक सङ्ख्या ७९ पुगेको जनाएको थियो ।

सन् २०२३ को अप्रिलदेखि जारी युद्धले दशौँ हजारको ज्यान लिएको तथा लाखौँ नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका निकायहरूले जनाएको छ, साथै पछिल्ला दिनमा कोर्डोफान क्षेत्रमा हिंसा बढ्दै गएर नागरिक कष्ट झन् गहिरिँदो चेतावनीसमेत दिएको छ ।