प्यालेस्टाइनी मृतकको सङ्ख्या बढ्दै, घाइते एक लाख भन्दा बढी


गाजा । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, अक्टोबर सन् २०२३ देखि सुरु भएको सङ्घर्षपछि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७० हजार १०० पुगेको छ ।
युद्ध सुरु भएयता कुल घाइतेको सङ्ख्या एक लाख ७० हजार ९८३ पुगेको जनाइएको छ ।

अक्टोबरमा लागू गरिएको युद्धविरामका बाबजूद पनि आवधिक इजरायली आक्रमण जारी रहेकाले ३५४ प्यालेस्टाइनीको मृत्यु र ९०६ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

शनिबार दक्षिणी गाजास्थित खान युनिसको पूर्वी क्षेत्रमा भएको इजरायली ड्रोन हमलामा दुई प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको र विभिन्न क्षेत्रमा इजरायली सेना आक्रमण तीव्र पारिरहेको स्थानीय चिकित्सकीय तथा सुरक्षा स्रोतहरूले जनाएका छन् ।

सङ्घर्षको सुरुआत सन् २०२३ अक्टोबर ७ मा भयो, जब हमास–नेतृत्वका लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब एक हजार २०० जनाको हत्या र २५० जनालाई बन्धक बनाए, जसको प्रतिउत्तरस्वरूप इजरायलले गाजामा व्यापक सैन्य अभियान चलाएको थियो ।