बीबीसी । ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा दुई नेशनल गार्ड सैनिक गम्भीर रूपमा घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार दिउँसो पश्चिम भर्जिनियाका दुई नेशनल गार्ड सदस्यमाथि हमलाकारीले गोली चलाएका थिए ।
गोली चलेको आवाज सुने लगत्तै नजिकै तैनाथ अन्य नेशनल गार्डले तत्कालै आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए । घटना हुँदा फ्लोरिडामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणकारी अफगान नागरिक भएको दाबी गर्दै उनी २०२१ सेप्टेम्बरमा अमेरिका प्रवेश गरेको बताए ।
ट्रम्पले घटनालाई ‘दुष्ट, घृणायुक्त र आतङ्ककारी कृत्य’ भन्दै आरोपितले ‘सबैभन्दा कडा सजाय पाउनुपर्ने’ प्रतिक्रिया दिए ।
कानून कार्यान्वयन स्रोतहरूले सीबीएसलाई दिएको जानकारीअनुसार आरोपित २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकनवाल हुन् ।
सन् २०२१ मा तत्कालीन राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अफगानिस्तानबाट अमेरिकी फिर्तीपछि हजारौँ अफगान नागरिक विशेष आप्रवासन कार्यक्रममार्फत अमेरिका पुगेका थिए । ट्रम्पले यस कार्यक्रमअन्तर्गत प्रवेश गरेका व्यक्तिहरूको “पुनःसमिक्षा आवश्यक” रहेको बताए ।

प्रतिक्रिया