हङकङको ताइपो क्षेत्रमा आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुग्यो, २७९ जना बेपत्ता


बीबीसी । हङकङको ताईपोमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । बीसीकाअनुसार आगलागीपछि २७९ जना अझै बेपत्ता छन् ।

आगलागीमा परी घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदार कम्पदीका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन निर्माणमा गम्भीर लापरबाही गरेको आरोपमा पक्राउ गरिएको छ । आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो।

हङकङको समयअनुसार बिहीबार बिहान ३ बजेसम्ममा नौसय भन्दा बढी बासिन्दालाई आगलागी भएको भवनबाट सामुदायिक हलहरूमा आश्रय दिइएको छ । मर्मत सम्भार भइरहेका ती भवनमा स्टाइरोफोम पदार्थ फेला परेकोले आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूले बताएका छन् ।

आगलागीमा परेका सात भवनमध्ये तीन वटामा ठूलो क्षति पुगेको छ। बुधबार दिउँसोबाट सुरु भएको आगलागी झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले विज्ञप्ति जारी गर्दै घटनाबारे दुःख व्यक्त गरेका थिए। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार राष्ट्रपति सीले हताहती र क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आह्वान गरेका छन् ।