‘श्रीलंकामा तीन लाख ६५ हजारभन्दा बढी बेरोजगार’


कोलम्बो ।  श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिकहरू बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसद्‌मा बताएका छन् ।

पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएका हुन्। जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उनले बताए ।

प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् । सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधि प्राप्त जनशक्तिलाई रोजगारी दिईसकेको उनले जानकारी दिए ।