हङकङ । हङकङको आवासीय भवनमा बुधबार आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । हङकङ फायर सर्भिस विभागका अनुसार घटनामा चारजनाको मृत्यु भइसकेको छ । यसक्रममा तीन जना घाइते भएका छन् ।
यसअघि प्रहरीले आठ जनाको मृत्यु भएको बताएको थियो । स्थानीय सञ्चार माध्यमहरूले मृतकमा एकजना उद्धारकर्मी पनि भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया