बीबीसी । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जैर बोल्सोनारोलाई २७ वर्ष ३ महिनाको जेल सजाय सुनाएको छ । उनलाई कुको प्रयास र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको मुद्दामा दोषी ठहर गरिएको हो ।
न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले मुद्दाको अन्तिम फैसला आइसकेको छ र अब कुनै पुनरावेदन हुन नसक्ने बताए ।
७० वर्षीय बोल्सोनारोले राजधानी ब्रासिलियाको जेलमा आफ्नो सजाय भुक्तान गर्नुपर्नेछ, जहाँ उनी शनिबारदेखि नै हिरासतमा छन् । घरमै नजरबन्दमा रहँदा निगरानी मनिटर हटाएपछि उनलाई हिरासतमा राखिएको हो ।

प्रतिक्रिया