हेजबुल्लाहका शीर्ष सैन्य कमान्डरको इजरायली आक्रमणमा मृत्यु


बैरुत । बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको छ । इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर हेथम अली तबाताबाई इजरायल र हेजबुल्लाहबीच गत बर्ष भएको युद्धविरामपछि मारिने हेजबुल्लाहका सबैभन्दा उच्च सैन्य कमानडर हुन् ।

इजरायलले लेबनानमा आफ्नो आक्रमण बढाएको र संयुक्त राज्य अमेरिकाले बेरुत सरकारलाई इरान समर्थित हेजबुल्लाहलाई निशस्त्र गर्न दबाब बढाएको समय शुक्रबार भएको हो ।

इजरायली सेनाले हिजबुल्लाहका प्रमुख जनरल स्टाफ हेथम अलि तबाताबाइ आफ्नो आक्रमणमा मारिएको पुष्टि गरेको छ । उक्त समूहले आक्रमणमा तबाताबाई र अन्य चार सदस्यको मृत्यु भएको घोषणा गरेको थियो।

बेरुतको दक्षिणी उपनगरमा, हेजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको क्षेत्रमा सयौं समर्थकहरू तबाताबाई र उनका दुई साथीहरूको लागि सोमबारको अन्त्येष्टि जुलुसमा सामेल भएका थिए।

इजरायल र अमेरिकाबिरूद्ध नारा लगाएको उक्त समर्थकहरूको भीडले समूहका नेता र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए।

अन्त्येष्टिमा सहभागी हिजबुल्लाह समूहका शुभेच्छुकले तबाताबाईले इजरायलसँगको सबैभन्दा पछिल्लो युद्धपछि सैन्य नेताको भूमिका ग्रहण गरेका थिए ।

समूहलाई पुनः संगठित हुनबाट रोक्न युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण गर्दै आएको छ।

हिजबुल्लाहले इजरायलसँगको सीमाबाट करिब ३० किलोमिटर (२० माइल) टाढा लितानी नदीको उत्तरमा फिर्ता हुने र त्यहाँ आफ्नो सैन्य पूर्वाधार भत्काउने सहमति पछि गत बर्ष युद्धविराम सम्झौता भएको थियो ।

सरकारद्वारा अनुमोदित योजना अन्तर्गत, लेबनानको सेनाले यस वर्षको अन्त्यसम्म यस क्षेत्रमा हेजबुल्लाहलाई निशस्त्रीकरण गर्ने काम समाप्त गर्नुपर्नेछ । हिजबुल्लाहले निशस्त्रीकरणको आह्वानलाई अस्वीकार गरेको छ।

तबाताबाईको हत्यापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘हेजबुल्लाहलाई आफ्नो शक्ति पुनः निर्माण गर्न नदिने’ बताएका थिए र लेबनान सरकारलाई ‘हेजबुल्लाहलाई निशस्त्र गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्न’ आग्रह गरेका थिए।