कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु


नोमपेन। मध्ये कम्बोडियाको कम्पोङ थोम प्रान्तमा बिहीबार एउटा बस पुलमा ठोक्किएर नदीमा खस्दा १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।

सान्टुक जिल्लामा स्थानीय समय अनुसार बिहान करिब ३:०० मा उक्त दुर्घटना भएको सान्टुक जिल्लाका उप प्रहरी प्रमुख सिव सोभन्नाले बताएका छन् । दुर्घटनाको लगत्तै घाइते तथा मृतकहरूलाई अस्पताल लगिएको जनाउदै उनले सबै पीडितहरू कम्बोडियाका भएको उल्लेख गरेका छन् ।

सरकारी प्रतिवेदन अनुसार सन् २०२५ को पहिलो नौ महिनामा सडक दुर्घटनाका कारण कम्बेडियामा एक हजार ६२ जनाको मृत्यु भएको थियो भने दुई हजार २५६ जना घाइते भएका थिए ।