जेनेभा । नियमित संयुक्त राष्ट्रसङ्घीय प्रक्रिया बहिष्कार गर्ने दोस्रो देश बन्दै संयुक्त राज्य अमेरिकाले शुक्रबार आफ्नो मानव अधिकार रेकर्डको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)को लागि उपस्थित भएन ।
“हामी आज संयुक्त राज्य अमेरिकाको समीक्षा अगाडि बढाउन भेट्नेवाला थियौँ तर मेरो ख्यालमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधिमण्डल यस कोठामा उपस्थित छैन,” संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्का अध्यक्ष जुर्ग लाउबरले सत्रको उद्घाटन गर्दै भने ।
संयुक्त राष्ट्र सङ्घका १९३ सदस्य राष्ट्रहरूले प्रत्येक चार देखि पाँच वर्षमा गर्नुपर्ने विश्वव्यापी आवधिक समीक्षामा अमेरिकाको अनुपस्थिति कुनै आश्चर्यको कुरा भने थिएन, किनकि, वाशिङ्गटनले अगस्टमा नै यो प्रक्रिया बहिष्कार गर्ने बताएको थियो।
यद्यपि, स्थानीय अमेरिकी अधिकारी र अधिकार समूहहरू भने जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएदेखि आफ्नो बढ्दो चिन्ताहरू सूचीबद्ध गर्न जेनेभा आएका थिए।
समीक्षामा भाग लिन भेला भएका धेरै मुलुकले जस्तै चिनियाँ प्रतिनिधिले पनि वाशिङ्टनको ‘युपिआर संयन्त्रप्रति सम्मानको कमी’ को निन्दा गरे।

प्रतिक्रिया