मनिला । शक्तिशाली समुद्री आँधी कलमेगीका कारण मध्य फिलिपिन्समा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौं मानिसहरू घरबारविहीन भएका छन् । आँधीले सेबुका टापु बढी प्रभावित भएको छ । यहाँ ४९ जनाको मृत्यु भएको छ ।
अन्य २६ जना बेपत्ता भएका नागरिक रक्षा अधिकारीले जानकारी दिएका छन् । मानिसहरू छतमा आश्रय लिइरहेको भिडियोहरूले देखाएका छन् । कार र ढुवानी कन्टेनरहरू सडकमा बगिरहेको अवस्थामा देखिएका छन् ।
राहत सामाग्री बाँड्न गएको सेनाको हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएपछि चालक दलका ६ जना सदस्यहरूको पनि मृत्यु भएको छ । आँधी बुधबारसम्म भिसायास टापु क्षेत्र पार गर्दै दक्षिण चीन सागरमाथि सर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया