जोधपुर । भारतको राजस्थानको फलोदी जिल्लामा आइतवार साँझ भएको दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
मटोडा गाउँ नजिक भारतमाला राजमार्गमा तीर्थयात्री बोकेको टेम्पो ट्राभलरस्थिर ट्रेलर ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । मृतकमध्ये १० महिला र ५ बालबालिका रहेका छन् भने दुई जना घाइते भएका छन् ।
फलोदीका प्रमुख जिल्ला अधिकारी श्वेता चौहानका अनुसार घटनास्थलमै १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार टेम्पो चालकको पनि त्यहीँ मृत्यु भएको हो ।
मटोडा प्रहरी चौकीका इन्चार्ज अम्नारामका अनुसार दुर्घटनाग्रस्त टेम्पो जोधपुरको सूरसागर क्षेत्रका माली समुदायका तीर्थयात्री बोकेर बीकानेर जिल्लाको कोलायतबाट फर्किरहेको थियो । ट्रकहरू अव्यवस्थित रूपमा पार्किङ गरिँदा यस्ता दुर्घटनाहरू भइरहेका छन् ।

प्रतिक्रिया