बीबीसी । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेको छ । मन्त्रिपरिषद बैठकले गाजामा शान्ति स्थापनासम्बन्धी सम्झौता अनुमोदन गरेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनले धन्यवाद पनि दिएका छन् । उनले इजरायली मन्त्रिपरिषद् बैठकमा सहभागी भएका अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरप्रति पनि आभार व्यक्त गरेका छन् । ट्रम्पले हमासको कब्जामा रहेका बन्धकहरू आगामी सोमबार वा मंगलबारसम्म रिहा हुनसक्ने बताएका छन् ।
७ अक्टोबर २०२३ मा इजरायली भूमिमा छिरेर हमासले आक्रमण गर्दा १२ सयभन्दा बढी मानिस मारिएका थिए, जसमा १० नेपाली विद्यार्थी पनि परेका थिए । त्यसपछि हमासले २५० भन्दा बढी मानिसलाई बन्धक बनाएको थियो, जसमा नेपाल कञ्चनपुरका युवक विपिन जोशी पनि छन् ।

प्रतिक्रिया