बीबीसी । फ्रान्सले औपचारिक रूपमा प्यालेष्टाइन राज्यलाई मान्यता दिएको छ। राष्ट्रपति इमानुएल माक्रोनले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै ‘अब शान्तिको समय आएको’ बताएका छन्।
फ्रान्सको घोषणापछि पेरिसस्थित आइफिल टावरमा इजरायली र प्यालेष्टिनी झण्डा फहराइएको छ भने विभिन्न नगरले पनि प्यालेष्टिनी झण्डा प्रदर्शन गरेका छन् । इटालीका करिब ८० शहरमा प्रदर्शन भएको छ ।
उनले गाजामा भइरहेको युद्धलाई ‘कुनै पनि हालतमा उचित नठहरिने’ भन्दै तत्काल युद्ध अन्त्य र हमासको नियन्त्रणमा रहेका इजरायली बन्धकहरूको मुक्तिको आह्वान गरे ।
फ्रान्स र साउदी अरेबियाले संयुक्त राष्ट्रसंघीय महासभामा दुई–राज्य समाधानका योजनामा केन्द्रित शिखर सम्मेलन आयोजना गरेका छन्।
तर जर्मनी, इटाली र अमेरिका जस्ता जी–७ का सदस्य सहभागी भएनन्। बेल्जियम, लक्जेम्बर्ग, माल्टा, अन्डोरा र सान मारिनोले पनि छिट्टै प्यालेष्टाइनलाई मान्यता दिने घोषणा गरेका छन् ।
आइतबार मात्रै बेलायत, क्यानडा, अस्ट्रेलिया र पोर्चुगलले मान्यता दिएका थिए । इजरायलले भने प्यालेस्टाइन राज्यलाई मान्यता दिनु हमासलाई पुरस्कृत गर्नु हो भन्दै कडा विरोध जनाएको छ।

प्रतिक्रिया