क्विटो । इक्वेडरमा कैदीहरूबीच भएको झडपमा बन्दुक र विस्फोटक पदार्थको प्रयोग हुँदा कम्तीमा १३ कैदी र एक गार्डको मृत्यु भएको छ ।
कुनै समय शान्तिपूर्ण मानिने देशमा अहिले अमेरिकी लागुऔषध व्यापारका लागि हुने चलखेलका कारण बढेका हिंसात्मक गतिविधिमा संलग्नहरूको गिरोहले जेल भरिएको र भीडभाडयुक्त जेलमा भएको यो रक्तपातको श्रृङ्खलाको पछिल्लो घटना हो ।
कमाण्डर कर्णेल विलियम क्याले इक्वेभिसा च्यानलसँग भने, “प्रतिद्वन्द्वी गिरोहहरूबीचको झडपमा १४ कैँदीको मृत्यु भएको, कैयौँ कैदीहरू भागेका र १४ जना घाइते भएका छन्।” तेह्र कैदीहरूलाई पुनः पक्राउ गरिएको छ।
कर्नेल क्यालेले भने, “पेरुको सीमा नजिकै दक्षिणपश्चिम इक्वेडरको माचालाको जेलको एक भागमा बिहान सबेरै गोली चलेको र तत्काल जेल गार्ड र प्रहरी घटनास्थलमा पुगेको थियो ।”
सुरक्षाकर्मीका एक पथप्रदर्शकलाई जेलमा छिर्ने क्रममा गोली हानी मारिएको थियो भने केहीलाई बन्धक बनाइएको अधिकारीले बताए।
क्यालेले भने, “कैदीहरूले बन्दुक चलाएको र बम, ग्रिनेडको प्रयोग गरी भएको भिडन्त लगभग ४० मिनेट चलेको थियो।”
मारिएका कैदीहरू प्रतिद्वन्द्वी लस चोनेरोस र लस लोबोस गिरोहका थिए । उनीहरू इक्वेडरको सबैभन्दा ठूलो लागुऔषध ओसारपसार समूहहरू मध्ये दुई हुन्।
प्रहरीले यो हिंसा ‘गिरोहहरू बीचको झगडा’ को परिणाम भएको बताएको छ । प्रहरीले जेलको क्षमता त्यहाँ राखिएका कैदीहरूको सङ्ख्याको दोब्बर सङ्ख्याका लागि प्रयाप्त थियो ।
सङ्गठित अपराधले करिब १७ करोड जनसङ्ख्या भएको इक्वेडरलाई संसारकै सबैभन्दा हिंस्रक राष्ट्रमा परिणत गरेको छ।
इक्वेडरमा सन् २०२१ को फेब्रुअरीदेखि अहिलेसम्म प्रायः भयानक शैलीमा करिब ५०० कैदीहरू मारिएका छन् । जेलमा हुने झडपपछि कतिपय अवस्थामा उनीहरूको शरीरलाई टुक्रा–टुक्रा पारिएको र जलाइएको अवस्थामा पाउने गरिएको छ।

प्रतिक्रिया