बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कलाई ‘महान् अमेरिकी नायक’ र ‘सहिद’ भन्दै एरिजोनामा आयोजित स्मृति समारोहमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आइतबार फिनिक्स नजिकैको स्टेट फार्म स्टेडियममा आयोजित समारोहमा करिब एक लाख मानिसको सहभागिता थियो। कार्यक्रममा उपराष्ट्रपति जे.डी. भ्यान्ससहित ट्रम्प प्रशासनका शीर्ष अधिकारीहरूले कर्कको राजनीतिक योगदानको प्रशंसा गरे ।
१० सेप्टेम्बरमा युटाहस्थित विश्वविद्यालयमा विद्यार्थीहरूसँग बहसका क्रममा गोली हानी हत्या गरिएका ३१ वर्षीय कर्कलाई वक्ताहरूले कन्जर्भेटिभ आन्दोलनका सहिद र ऐतिहासिक व्यक्तित्वका रूपमा चित्रण गरेका थिए । कर्ककी पत्नी एरिकाले आफ्ना श्रीमानको हत्यामा संलग्न व्यक्तिलाई माफ गरेको बताइन् । ‘घृणाको उत्तर घृणा होइन,’ उनले भनिन् ।
समारोहमा विदेश मन्त्री मार्को रुबियो, युद्ध मन्त्री पिट हेगसेथ, स्वास्थ्य मन्त्री रोबर्ट एफ. केनेडी जुनियरलगायतले पनि सम्बोधन गरेका थिए।

प्रतिक्रिया