वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट लागूपदार्थ पदार्थ बोकेर आएको डुंगामाथि अमेरिकी सेनाले आक्रमण गरी ११ जना ‘नार्कोटेरोरिस्ट’ मारिएको दाबी गरेका छन् ।
उनका अनुसार ‘ट्रेन डी अराग्वा’ नामक भेनेजुएलाली ग्याङका सदस्यहरू लक्षित उक्त कारबाही मंगलबार दक्षिणी क्यारिबियन समुन्द्रमा गरिएको हो । ट्रम्पले डुंगामा ठूलो परिमाणमा लागूपदार्थ रहेको बताए। उनले शेयर गरेको भिडियोमा मोटरबोटमा आगलागी भएको दृश्य देखिन्छ ।
तर भेनेजुएलाका सञ्चार मन्त्री फ्रेडी नानेजले उक्त भिडियो कृत्रिम बुद्धिमत्ताबाट सिर्जना भएको हुनसक्ने आरोप लगाएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आक्रमण पुष्टि गर्दै, भेनेजुएलाबाट प्रस्थान गरेको र निर्दिष्ट आतङ्कवादी समूहले सञ्चालन गरेको डुंगा ध्वस्त पारेको बताए ।

प्रतिक्रिया