भूकम्पबाट अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु


बीबीसी । अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११ बजेर ४७ मिनेटमा ६ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो । भूकम्पबाट एक सय भन्दाबढी घाइते भएका छन् । घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ ।

धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको बताइएको छ । जसको झण्डै ९० प्रतिशत भूभाग पहाडी छ । सन् २०२२ को भूकम्पमा पनि यस्तै कठिनाइहरू देखिएको थियो जसमा झण्डै एक मानिसको मृत्यु भएको थियो। पहिरोका कारण दुर्गम गाउँहरूमा खोज र उद्धार प्रयासहरू अवरुद्ध भएपछि हवाई मार्ग प्रयोग गर्नुपरेको थियो ।

इन्डियन र युरेशिअन टेक्टोनिक प्लेटहरू जोडिने कैयौँ ’फल्ट लाइनहरू’को माथि अवस्थित रहेकाले अफगानिस्तान भूकम्पका दृष्टिले निकै जोखिममा रहेको क्षेत्र मानिन्छ।