बीबीसी । दक्षिण गाजास्थित नासेर अस्पतालमा इजरायली हवाई आक्रमणमा चार पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको गाजाका अधिकारीहरूले बताएका छन् ।
मृतकमध्ये रोयटर्सका क्यामेराम्यान हुशाम अल–मास्री, एसोसिएटेड प्रेसका लागि काम गर्ने मरियम डग्गा, अल जजिराका पत्रकार मोहम्मद सलामेह र एनबीसीका फोटोग्राफर मुआथ अबु ताहा रहेका छन् ।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा विभागका अनुसार पहिलो प्रहारपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेको बेला दोस्रो आक्रमण भएको थियो ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भन्दै निन्दा गरेको छ। इजरायली सेनाले भने अल जजिराका पत्रकार अनस अल–शरीफलाई ‘हमासको आतंकी सेल प्रमुख’ भएको आरोप लगाएको छ ।
पत्रकारहरूको सुरक्षा र स्वतन्त्र प्रेसको पक्षमा काम गर्ने संस्था सीपीजेले इजरायलले आफ्ना दाबीहरू पुष्टि गर्ने कुनै प्रमाण नदिएको जनाएको छ।

प्रतिक्रिया