बीबीसी । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले सेप्टेम्बर महिनामा प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका छन् । हालसालै फ्रान्स र बेलायतले यस्तै घोषणा गरेसँगै क्यानडा यस्तो कदम चाल्ने तेस्रो जी–७ राष्ट्र बन्ने भएको हो ।
प्रधानमन्त्री कर्नीले यो मान्यता लोकतान्त्रिक सुधारमा निर्भर हुने स्पष्ट पारेका छन् । विशेषगरी, प्यालेस्टिनले आगामी वर्ष हामासबिनाको आमनिर्वाचन गर्नुपर्ने उनको सर्त छ । यो घोषणाको ठीक एक दिनअघि बेलायतले पनि सेप्टेम्बरमै प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएको थियो ।
त्यसअघि फ्रान्सले पनि यस्तै योजना सार्वजनिक गरिसकेको छ । इजरायलले क्यानडाको योजनालाई तीव्र आलोचना गर्दै यसलाई ‘हामासका लागि पुरस्कार’ भएको आरोप लगाएको छ।
इजरायली परराष्ट्र मन्त्रालयले क्यानडाको कदमलाई खारेज गर्ने प्रतिक्रिया दिएको छ । हालसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १४७ राष्ट्रले प्यालेस्टिनी राज्यलाई मान्यता दिइसकेका छन् ।

प्रतिक्रिया