नयाँदिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका थिए । स्वास्थ्यको कारण देखाउँदै गएराति उनले राजीनामा दिएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो । धनखडले राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो राजीनामा बुझाएको समाचारमा उल्लेख छ ।
राजीनामा पत्रमा उनले राष्ट्रपतिलाई सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद दिएका छन् । उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पनि सहयोगको लागि धन्यवाद दिएका छन् ।
धनखडले ११ अगस्ट २०२२ मा उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनले उपराष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए।

प्रतिक्रिया