ट्रम्पको प्रश्नः इरानमा सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ?


सीएनएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तनको संकेत गरेका छन् । ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा पोष्ट गर्दै उनले इरानमा सत्ता परिवर्तनको संकेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा उचित मानिँदैन । तर, वर्तमान इरानी सरकारले इरानलाई पुनः महान बनाउन सक्दैन भने सत्ता परिवर्तन नहुनुपर्ने कारण के छ ? मेक इरान ग्रेट अगेन ।’

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि एबीसी न्यूजसँग अमेरिकाले इरानमा सत्ता परिवर्तन नचाहेको तर इरानको आणविक कार्यक्रमलाई समाप्त गर्न चाहेको बताएका थिए । अमेरिकाले आइतबार इरानका तीन आणविक केन्द्रहरू फोर्डो, नतान्ज र इस्फहानमा हमला गरेको थियो ।