बेइजिङ । चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने २१जना अझै फसेका छन् ।
“दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २१ जना अझै फसेका छन्,” प्रान्तीय प्रशासनलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
दाफाङ काउन्टीको छुट्टाछुट्टै स्थानमा स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे र बिहान ९ बजे पहिरो खसेको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
सिन्ह्वाका अनुसार दाफाङ काउन्टीको बिजी शहरअन्तर्गत चाङ्सी र गुओवा बस्तीमा एकै दिन दुई छुट्टाछुट्टै पहिरो जाँदा क्रमशः दुई र १९ जना फसेका छन् ।
प्रसारणकर्ताले खिचेको हवाई फुटेजमा घना जंगल भएको पहाडको फेदमा खैरो माटोले डुबेको एउटा गाउँलाई घाँसे मैदानले ढाकेको दखिन्छ।
गुइझोउले भौगर्भिक प्रकोपका लागि दोस्रो तहको आपतकालीन प्रतिक्रिया सक्रिय बनाएको छ भने चीनको प्राकृतिक स्रोत मन्त्रालयले उद्धारका लागि त्यस क्षेत्रमा एक टोली पठाएको छ ।
आपतकालीन व्यवस्थापन मन्त्रालयले उद्धार टोलीलाई हराइरहेका व्यक्तिहरूको उद्धारका लागि ‘हरसम्भव प्रयास’ गर्न आग्रह गरेको छ। यद्यपि, घटनास्थल दुर्गम क्षेत्र (अग्लो र भिरालो स्थान) भएकोले उद्धार कार्य ‘कठिन’ भइरहेको बताइएको छ ।

प्रतिक्रिया