मेक्सिकोमा सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु


बीबीसी । मध्य मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारी स्यामुएल अगुइलर पालाले बुधबार बिहान पुएब्ला राज्यको कुआक्नोपालान र ओक्साका बीचको राजमार्गमा तीनवटा सवारी साधन ठोक्किँदा भएको दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जनाको पछि अस्पतालमा मृत्यु भएको बताए ।

धेरै जना घाइते भएका छन् र उनीहरूलाई उपचार भइरहेको उनले बताए । गत फेब्रुअरीमा, दक्षिणी मेक्सिकोको टाबास्कोमा बस दुर्घटनामा दर्जनौं मानिसहरूको मृत्यु भएको थियो।