गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह



संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका लागि सुरक्षा परिषदबाट आवश्यक कदम चाल्न आग्रह गरेका छन् । उनले इजरायलका कार्यहरूलाई तीव्र आलोचना गर्दै गाजामा जारी आक्रमणले हजारौँ निर्दोष जनतालाई मारेको र अधिकांश क्षेत्रलाई मलबामा परिणत गरेको बताए ।

संयुक्त राष्ट्रसङ्घका उप महासचिव र मानवीय मामिलाका प्रमुख फ्लेचरले इजरायललाई गाजामा रहेको खाद्यान्न आपूर्ति नाकाबन्दी हटाउन अनुरोध गरे ।

इजरायलको मानवीय सहायता आपूर्ति गर्नका लागि प्रस्तावलाई फ्लेचरले ‘चालाकीपूर्ण नाटक’ भन्दै आलोचना गरे । इजरायलका संयुक्त राष्ट्रसङ्घमा राजदूत ड्यानी ड्यानोनले आफ्ना सरकारविरुद्धका आरोपहरूलाई ‘आधारहीन र अपमानजनक’ भने ।

फ्लेचरले थप भने,“हामीले सुरक्षा परिषदलाई विस्तारपूर्वक जानकारी दिइसकेको छौं, जसमा नागरिकको व्यापक क्षति देख्न पाइन्छ ।”

इजरायलका प्रधानमन्त्री बेंजामिन नेतान्याहूले उहाँका सैनिकहरूले गाजामा ‘पूर्ण शक्ति’ सँग प्रवेश गर्ने बताए । यो युद्ध अक्टोबर सन् २०२३ मा हमासको इजरायलमाथि आक्रमणपछि शुरू भएको थियो, जसमा एक हजार २१८ जनाको मृत्यु भएको थियो ।

फ्लेचरले गाजाको चिकित्सा प्रणालीको अवस्था समीक्षा गर्दै भने,“म तपाईंलाई भन्न सक्छु कि गाजाको बाँकी चिकित्सा प्रणालीमा मरेका मानिसहरूको आवाज र गन्ध त्यस्तो छ, जुन कहिल्यै जान सक्दैन ।”

उनले सुरक्षा परिषदलाई थप कदम चाल्न र तत्काल कार्य गर्नको लागि आह्वान गर्दै भने,“हामीले गर्नसक्ने सबै कुरा नगरेको खण्डमा, भविष्यका पुस्ताले हामीलाई यसका लागि जिम्मेवार ठहराउनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआइएसको आक्रमणमा नाइजेरियामा ३४ सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा इस्लामिक स्टेट

इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ

तेहरान । इरानको कोम प्रान्तको प्रहरीले शनिबार इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई

चाडमा भएको झडपबाट कम्तीमा १७ जनाको मृत्यु

याउण्डे । चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा

टेस्लाले साङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने

सांघाई । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले चिनियाँ साझेदारहरूसँग मिलेर साङ्घाइमा मेगाप्याक ऊर्जा