यी हुन् पोप फ्रान्सिसका सम्भावित १६ उत्तराधिकारी


भ्याटिकन सिटी । कुनै पनि आधिकारिक प्रचार अभियान वा उम्मेदवारहरूको सूची नभएको र निर्वाचन प्रक्रिया गोप्य राखिएको अवस्थामा पोप फ्रान्सिसको उत्तराधिकारी को हुने भन्नेबारे अड्कलबाजी मात्र बाँकी छ।

पोप फ्रान्सिसको सम्भावित उत्तराधिकारीमध्ये केही चर्चित नामबारे यहाँ चर्चा गरिनेछ। इटालीका ७० बर्षीय पिएत्रो पारोलिन भेटिकनमा फ्रान्सिसपछि चर्चामा रहेका केही अनुहारमध्ये एकको नाम हो। पारोलिन लगभग फ्रान्सिसको सबैभन्दा नजिनक रहेर सहयोग गर्ने क्रिश्चियन धर्मगुरू थिए। उनी विश्व मञ्चमा फ्रान्सिसका सबैभन्दा स्पष्ट प्रशंसक थिए।

आफ्नो शान्त र सूक्ष्म हास्यको भावनाको लागि चिनिने बहुभाषी पारोलिनलाई होली सीको केन्द्रीय सरकार, रोमन कुरिया, को जटिलताहरूको राम्रो जानकार मानिन्छ। यो फ्रान्सिसको कार्डिनल सल्लाहकारहरूको एक समूहको भाग थियो।

उनी अहिले नयाँ पोप बन्नका लागि सबैभन्दा प्रबल दाबेदारका रूपमा रहेको पनि बताउने गरिएको छ। सन् २०१८ मा भ्याटिकनले चीनसँग बिशपको नामकरण गर्ने विषयमा गरेको ऐतिहासिक र विवादास्पद सम्झौतामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

जेरूसेलमका लैटिन पैट्रिआर्कका रूपमा जिम्मेवारी सम्हालेका इटालीका अर्का धर्मगुरू ६० बर्षीय पियरबटिस्टा पिज्जाबला पनि नेतृत्वको चर्चामा रहेका शीर्ष केही अनुहारमध्ये एक हुनुहुन्छ। लैटिन पैट्रिआर्क अफ जेरूसेलम मध्य पूर्वको शीर्ष क्याथोलिक चर्च हो जसमा इजरायल, प्यालेस्टिनी क्षेत्रहरू, जोर्डन र साइप्रसलाई समावेश गरिएको छ।

इजरायल र हमासबीच युद्ध सुरु हुनुभन्दा केही समयअघि सेप्टेम्बर २०२३ मा उनीलाई कार्डिनल बनाइएको थियो। फ्रान्सिस्कनले दुवै पक्षबाट शान्तिका लागि अपिल गरेको छ र सन् २०२४ को क्रिसमसमा गाजा र जेरुसेलम दुवैमा ठूलो सङ्ख्यामा धर्मावलम्बीहरूको भेलाको नेतृत्व गरेको छ।

बोलोग्नाका आर्कबिशप रहनुभएका इटालीका अर्का ६९ बर्षीय सान्त एजिडियोको रोमन समुदायका सदस्य माटेओ मारिया जुप्पीले तीन दशकभन्दा बढी समयदेखि भ्याटिकनका लागि एक बुद्धिमान कूटनीतिज्ञको रूपमा योगदान गरेका छन्। उनले युक्रेनका लागि पोप फ्रान्सिसको विशेष शान्ति दूतको रूपमासमेत सेवा गरेका छन् ।

बोलोग्नाको वरिपरि साइकलको यात्रा गर्न रूचाउने जुप्पी खाँचोमा परेकाहरूका लागि दशकौँसम्म सेवा पुर्‍याएका एक लोकप्रिय व्यक्तिको नाम हो। उनी आप्रवासी र समलिङ्गी क्याथोलिकहरूलाई चर्चमा स्वागत गर्ने पक्षमा पनि वकालत गर्ने व्यक्ति छन्।

उनी सन् २०२२ देखि इटालीको एपिस्कोपल कन्फरेन्स (सिइआई) का अध्यक्ष पनि हुन्। इटालीका अर्का ६९ बर्षी क्लाउडियो गुगेरोटी भेरोनाका एक प्राज्ञिक र बहुभाषी कूटनीतिज्ञ हुन्। उनी पूर्वी चर्चका विशेषज्ञ पनि हुन्।

उनले सन् २००२ मा जर्जिया, अर्मेनिया र अजरबैजानपछि बेलारुस र त्यसपछि सन् २०१५ देखि २०२० सम्म युक्रेनमा नूनसियो अर्थात् होली सीका राजदूतका रूपमा काम गरिसकेका छन्।

धेरै पुस्तकका लेखकसमेत रहेका गुगेरोटी विवादास्पद मुद्दाहरूमा टिप्पणी गर्नबाट धेरै हदसम्म जोगिने एक चलाख धर्मगुरू मानिन्छन्। उनलाई सन् २०२२ मा पूर्वी चर्चका लागि ‘प्रिफेक्ट अफ दि डिकास्टेरी’ नाम दिइएको थियो भने सन् २०२३ मा कार्डिनल बनाइएको थियो।

मार्सिलेका आर्कविशप ६६ बर्षीय जीन–मार्क एवेलिनले आफ्नो अधिकांश जीवन फ्रान्सका क्रिश्चियन धर्मको उत्थानमासमर्पित गरेका छन्। अल्जेरियामा जन्मेका एभेलिनले फ्रान्सको बन्दरगाह शहर मार्सेलीमा रहेर आफूलाई विश्व सामु क्रिश्चियन धर्मगुरूका रूपमा चिनाएका छन्।

आफ्ना घनिष्ठ मित्र पोप फ्रान्सिसजस्तै उनी पनि आप्रवासीलाई स्वागत गर्ने र अन्तरधार्मिक संवादलाई बढावा दिने आवाजका चिनिन्छन्।

आफ्नो विवेक, बौद्धिक क्षमता र मानवीय कुशलताका लागि प्रशंसा गरिएका एभेलिन सन् २०२२ मा कार्डिनल बनेका थिए।

स्वीडेनको स्टकहोमका ७५ बर्षीय एन्डर्स अर्बोरिलियस सन् २०१७ मा स्वीडेनको पहिलो कार्डिनलको रूपमा नियुक्त भएका अर्बोरिलियस प्रोटेस्टेन्ट स्क्यान्डिनेभियन देशमा क्याथोलिक धर्ममा धर्मान्तरित व्यक्ति हुनुहुन्छ। स्क्यान्डिनेभियाले सामान्यतया डेनमार्क, नर्वे र स्वीडेनलाई जनाउँछ।

उनी प्रोटेस्टेन्ट सुधारपछि पहिलो स्वीडिश क्याथोलिक धर्मगुरू हुन् र उनी चर्च सिद्धान्तको कट्टर रक्षक मानिनुहुन्छ। विशेष गरी महिलालाई डिकन हुन वा समलिंगी दम्पतीलाई आशीर्वाद दिने कुराको विरोधी मानिन्छन्।

पोप फ्रान्सिसले जस्तै अर्बोरिलियसले पनि इसाई, क्याथोलिक र सम्भावित धर्मान्तरितसहित आप्रवासीहरूलाई युरोपमा स्वागत गर्ने पक्षमा वकालत गर्छन्।

माल्टाको सानो भूमध्यसागरीय द्वीपसमूहमा एक सानो गाउँमा जन्मेका मारियो ग्रेच एक शान्ति दूत हुनुहुन्छ र पोपको लागि सम्भावित उम्मेदवार हो।

यसअघि उहाँ चर्चको लागि महत्त्वपूर्ण मुद्दामा स्थानीय चर्चबाट जानकारी सङ्कलन गर्ने एक निकाय बिशपहरूको धर्मसभाका महासचिव थिए। सभाले महिलाको स्थान वा पुनर्विवाहित सम्बन्धविच्छेद र मुद्दाहरूलाई पोपसमक्ष पुर्‍याउँछ।

पोप फ्रान्सिसले रुढिवादीहरूको चिन्तालाई स्वीकार गर्दै खुला, सचेत चर्च निर्माण गर्ने नेतृत्व गर्दा आलोचित समेत बन्नुपरेको थियो।

क्यानन कानूनका बौद्धिक र सम्मानित विशेषज्ञ हङ्गेरीका ७२ बर्षीय पीटर एर्डो एर्डोले सात वटा भाषा बोल्नसक्नुहुन्छ भने २५ भन्दा बढी धार्मिक पुस्तकहरू प्रकाशित गरिसकेका छन्। उनलाई अन्य धर्महरूप्रति पनि सदासयता देखाउने व्यक्तिका रूपमा चिनिन्छ।

उनले राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बानको सरकारसँगको सम्बन्धका कारण आलोचनाको सामना गर्नुपरेको छ, जसको आप्रवासनसम्बन्धी कठोर विचार अर्जेन्टिनाका दिवंगत पोपसँग मिल्दोजुल्दो थियो।

सुसमाचारप्रचारको लागि आफ्नो उत्साहको लागि परिचित, एर्डो समाजवादी समुदायमा हुर्केका भए पनि समलैंगिक विवाह तथा पुनर्विवाह गर्ने र सम्बन्धविच्छेदजस्ता मुद्दामा रूढीवादी मानिन्छन्।

पोप फ्रान्सिसजस्तै जेसुइट लक्जेम्बर्गका जीन–क्लाउड होलेरिचले जापानमा २० वर्षभन्दा बढी समय बिताउनुभएको थियो। उहाँ युरोपेली–एसियाली सांस्कृतिक सम्बन्धका साथै जर्मन साहित्यका विशेषज्ञ छन्।

धर्मशास्त्री अझै पनि चर्चलाई सामाजिक परिवर्तनहरू अनुकूलन गर्नको लागी खुला छ भन्ने हठधर्मितामा अडिग धेरै अर्जेन्टिनी पोपजस्तै उहाँ पनि यही धारलाई पालना गर्ने धर्मगुरू हुन् । उनले लक्जेम्बर्गको कार्डिनल्स परिषद्मा सल्लाहकारको रूपमा सेवा गरेका थिए।

होलेरिचले वातावरण संरक्षणको पक्षमा वकालत गरेका छन्। उनले साधारण मानिस र विशेष गरी युवाहरूलाई चर्चमा अझ बढी संलग्नताको लागि उल्लेख्य भूमिका निर्वाह गरेको पाइन्छ।

फिलिपिन्सका ६७ बर्षका लुइस एन्टोनियो टागलले मनिलाको मेट्रोपो‘लिटन आर्कबिशप इमेरिट्समा काम गरेका चामत्कारिक उदारवादी योगदानमार्फत् क्रिश्चियन धर्मको लागि योगदान गर्ने एशियाली धर्मगुरू हुन्।

उनले चर्चमा नाबालिगहरूमाथि हुने यौन दुव्र्यवहार र चर्चको कमीकमजोरीका लागि आलोचना गर्न नडराएको पाइन्छ भने अङ्ग्रेजीमा पोख्त र सामाजिक सञ्जालमा सक्रिय उनी फ्रान्सिस जस्तै, गरीब, आप्रवासी र सीमान्तकृत मानिसका लागि एक अग्रणी अधिवक्ता मानिन्छन् । उनी आत्म–अपमानजनक हास्यका साथ एक वाकपटुता भएको व्यक्ति हुन्।

सन् २०१२ मा बेनेडिक्ट सोह्रौंले उनलाई कार्डिनल बनाउनुभएको थियो भने सन् २०१३ मा फ्रान्सिस निर्वाचित भएको सम्मेलनमा पोपका लागि एक पटक उम्मेदवार बनिसकेका छन्।

म्यान्मामा जन्मेका ७६ बर्षीय चाल्र्स माउङ बो सन् २०१५ मा पोप फ्रान्सिसद्वारा नियुक्त बौद्ध बहुल देशको पहिलो र एक मात्र कार्डिनल बनेका थिए ।

द्वन्द्वग्रस्त म्यान्मामा वार्ता र मेलमिलापका लागि आह्वान गर्दै आएका बोले सन् २०२१ को सैन्य ‘कू’ पछि विपक्षी प्रदर्शनकारीलाई अहिंसात्मक रहन अपिल गरेका थिए।

उनले ‘जातीय सफाया’को सिकार भएको भन्दै मुख्यतया मुस्लिम रोहिङ्ग्या समुदायको पक्षमा अभिमत प्रकट गर्दै आएका छन् भने र मानव बेचबिखनविरुद्ध आवाज उठाएका छन्।

उनी सन् २०१९ देखि सन् २०२४ सम्म फेडेरेसन अफ एसियन्स बिशप कन्फरेन्स (एफएबीसी) का प्रमुख थिए। अफ्रिकाबाट चर्चको सबैभन्दा प्रभावशाली कार्डिनलहरूमध्ये एक घानाका पिटर तुर्कसनलाई वर्षौंदेखि सम्भावित पहिलो अश्वेत पोपको रूपमा उल्लेख गरिएको छ।

सन् २००३ मा पोप जोन पल द्वितीयद्वारा कार्डिनल बनाइएका बहुभाषी तुर्कसन दक्षिण सुडानलगायत देशमा पोपका दूत र मध्यस्थकर्ता रहेका थिए।

उनले सन् २०१६ देखि सन् २०२१ सम्म भ्याटिकनको एक शीर्ष विभाग, डिकास्टरी फर प्रोमोटिङ इन्टिग्रल ह्युमन डेभलपमेन्टको प्रमुखको रूपमा पनि काम गरेका थिए। यो मानव अधिकार र आप्रवासनलगायत अन्य मुद्दासँग सम्बन्धित छ।

युगान्डामा समलिंगी विरोधी कानूनको आलोचक परिवारमा १० सन्तानमध्येका एक तुर्कसनले युगान्डामा समलिंगी विरोधी कानूनको आलोचना गरेका थिए। क्याथोलिक यौन नैतिकताको रक्षामा वकालत गर्ने उनले समलैङ्गिकता मानव अधिकारको मुद्दा हो भन्ने कुरालाई अस्वीकार गर्छन्।

गिनीका कार्डिनल रोबर्ट सारा जुन १६ मा ८० वर्ष पुग्दै छन्। उनलाई उनको योगदानका बावजुद् सम्मेलनमा सामेल हुन वा फ्रान्सिसको उत्तराधिकारी बन्न निकै वृद्ध मानिएको छ यद्यपि, फ्रान्सेली भाषी संसारमा रूढिवादी क्याथोलिकहरूले उनलाई प्रगतिशील सुधारहरूमा काम गर्ने धर्मगुरूका रूपमा हेरिने गरिएको छ।

सन् २०१५ मा उनले ’समलैङ्गिकता र गर्भपतन र इस्लामिक कट्टरतासम्बन्धी पश्चिमा विचारधारा’ को कट्टर विरोधी उनले समलिङ्गी दम्पतीलाई आशीर्वाद दिने मार्ग प्रशस्त गर्ने सन् २०२४ को एउटा बुँदाको डटेर विरोध गरेका थिए। जानकारहरूका अनुसार उनको विचारले उनलाई धेरै कट्टर रूढिवादी प्रमाणित गरेको छ। उनको सम्भावित उम्मेदवारीले सम्मेलनमा दुई तिहाइ बहुमत प्राप्त गर्न उनलाई सहज बनाउने देखिन्छ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका फ्रिडोलिन एम्बोङ्गो बेसुङ्गू पोप फ्रान्सिसको कार्डिनलहरूको सल्लाहकार परिषद्मा अम्बोन्गो अफ्रिकाबाट एक मात्र कार्डिनल छन्। उनी अफ्रिकी बिशपहरूको एसोसिएशन एसईसीएएमको नेतृत्व गरिरहेका छन्। सन् १९६० मा प्रजातान्त्रिक गणतन्त्र कङ्गो बेल्जियमबाट स्वतन्त्र भएको वर्ष जन्मिएका उनले द्वन्द्वग्रस्त आफ्नो देशमा शान्तिका लागि सशक्त आवाज उठाउँदै आएका छन्।

पोपको उत्तराधिकारी मानिएका अर्का उम्मेदवार अमेरिकाको शिकागोनिवासी रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई सन् २०२३ मा बिशपहरूका लागि शक्तिशाली डिकास्टेरीको प्रिफेक्ट नियुक्त गरिएको थियो, जसलाई पोपलाई नयाँ बिशपहरूको नियुक्तिको बारेमा सल्लाह दिने गरेको आरोप लगाइएको छ।

उनले पेरुमा मिसनरीको रूपमा वर्षौं बिताएका थिए। सन् २०२३ मा पोप फ्रान्सिसले कार्डिनल बनाएका उनी ल्याटिन अमेरिकाका लागि ‘पोन्टिफिकल कमिसन’का अध्यक्ष पनि हुन्।

आयरिश–अमेरिकी मूलका टिमोथी डोलन एक हँसमुख तर गर्भपतन कानुनका कटुआलोचक हुन्। मिल्वौकीका पूर्व आर्कबिशप रहेका उनले डायोसिस (बिसपहरूको भौगोलिक विभाजन) मा एक ठूलो यौन दुव्र्यवहार काण्डको परिणामबारे भित्री ज्ञान भएको व्यक्तिका रूपमा चिनिन्छ।

डोलनले न्युयोर्कमा चर्चको सदस्यता घट्दै जाँदा बढ्दो हिस्पैनिक जनसङ्ख्यालाई अँगाल्ने निर्णयको नेतृत्व गरेका छन्। हिस्पैनिक जनसङ्ख्यामा मुख्यतया क्याथोलिकहरूको बहुमत छ।