रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न



युक्रेन । रूसले शनिबार राति युक्रेनका विभिन्न क्षेत्रमा एकसाथ लगभग १५० ड्रोन प्रहार गरेको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनी वायु सेनाका अनुसार तीमध्ये ५७ ड्रोन खसालिएका थिए भने ६७ ड्रोनहरू इलेक्ट्रोनिक रूपमा निष्क्रिय पारिएको थियो ।

ड्रोन आक्रमणका क्रममा डिनिप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोह्राड शहरमा एक व्यक्तिको ज्यान गएको छ भने १४ वर्षीया एक किशोरी घाइते भएकी छन् । यस्तै, ओडेसा र झिटोमिर क्षेत्रमा पनि आक्रमणका कारण दुई जना घाइते भएका छन् । खेरसोन शहरमा भएको रूसी हवाई आक्रमणमा थप चार जना नागरिक घाइते भएको जानकारी प्राप्त भएको छ ।

रूसको रक्षा मन्त्रालयले युक्रेनी सेनाबाट ब्रायान्स्क सीमा क्षेत्र र क्राइमिया क्षेत्रमा गरिएको ड्रोन आक्रमणलाई विफल तुल्याइएको दाबी गरेको छ । डोनेत्स्क क्षेत्रको होर्लिभका शहरमा युक्रेनी तोपखानाबाट भएको आक्रमणमा पाँच जना घाइते भएको रूसी मेयरले बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पुटिनले ‘युद्ध अन्त्य गर्ने चाहना राख्दैनन्’ भन्ने धारणा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पछिल्ला दिनहरूमा रूसी सेनाबाट नागरिक क्षेत्रमा प्रहार हुनु अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो ।’

भ्याटिकनमा आयोजित पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा सहभागी भई स्वदेश फर्कंदै गर्दा ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छोटो कुराकानी गरेका थिए । यो कुराकानी उनीहरूबीचको पछिल्लो समयको पहिलो प्रत्यक्ष भेटघाट हो ।

क्रेमलिनका एक वरिष्ठ अधिकारीले युक्रेन युद्धको समाधान दीर्घकालीन प्रक्रिया अन्तर्गत अघि बढ्ने बताउँदै वार्ता प्रक्रियामा गहिरो समय लाग्न सक्ने सङ्केत गरे। उता राष्ट्रपति जेलेन्स्कीले रूस शान्तिका लागि प्रतिबद्ध नभई केवल युद्धविरामको भ्रम सिर्जना गर्न खोजिरहेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’

भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

मुम्बई । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४/२५ मा ६.५ प्रतिशत कायम

रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र संघका लागि चिनियाँ राजदूतले रुस र युक्रेनलाई शान्ति

ट्रम्प–पुटिन–जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव

अङ्कारा । टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा