नाइजेरियामा जिहादी समूहको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु



कानो । नाइजेरियाको उत्तरपूर्वी बोरनो राज्यमा जिहादी समूहद्वारा गरिएको आक्रमणमा कम्तीमा १४ जना किसानको ज्यान गएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।

गोव्जा जिल्लास्थित पुल्का सहर नजिकै शनिबार किसानहरू आगामी बाली सिजनको तयारीमा खेत सफा गरिरहेका बेला आक्रमण गरिएको थियो । गोव्जा जिल्लाका राजनीतिक प्रशासक अब्बा शेहु टिम्ताले उक्त जानकारी दिए ।

उनकाअनुसार सेनाको साथमा खोज तथा उद्धार टोलीले नजिकैका झाडी क्षेत्रमा थप शवहरूको खोजी गरिरहेको छ । सो क्षेत्र क्यामरुनको सीमासँग सटेको र विगतमा पटक–पटक जिहादी आक्रमणको शिकार बनिसकेको हो ।

“तिनीहरूले आफ्ना खेत सफा गरिरहेका १४ जना किसानको हत्या गरे र अन्य चार जनालाई घाइते बनाएका छन्,” टिम्ताले बताए । उनले यो आक्रमण बोको हराम समूहद्वारा गराइएको आरोप लगाए ।

टिम्ताका अनुसार आक्रमण नजिकैको व्लेइ गाउँबाट सुरु भएको थियो, जहाँ आक्रमणकारीहरूको शिविर रहेको विश्वास गरिएको छ ।

बोको हराम र यसका प्रतिस्पर्धी समूह इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले हालका वर्षहरूमा किसान, माछा मार्ने, दाउरा सङ्कलन गर्ने, गोठाला र फलामका टुक्रा सङ्कलन गर्नेहरूलाई लक्ष्य बनाउँदै आएका छन् ।

शुक्रबार, बोरनो राज्यका गभर्नर बबागाना जुलुमले आतङ्कवाद विरुद्धको लडाइँमा केही सैन्य कमजोरी भएको स्वीकार गर्दै चिन्ता व्यक्त गरे ।

गोव्जा क्षेत्रमा बोको हरामले सन् २०१४ देखि नै आक्रमण गर्दै आएको छ । त्यस वर्ष, समूहले उक्त क्षेत्रलाई आफ्नो ‘खिलाफत’ अन्तर्गत घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । यद्यपि, सन् २०१५ मा नाइजेरियन सेनाले चाडियन सेनाको सहयोगमा सहर पुनः नियन्त्रणमा लिएको थियो ।

तर बोको हरामले अझै पनि मन्डारा पर्वत श्रृङ्खलाबाट आक्रमण जारी राखिरहेको छ । उक्त क्षेत्रमा महिलाहरूलाई अपहरण गर्ने र काठ तथा फलफूल सङ्कलन गर्न गएका व्यक्तिहरूलाई लक्षित गर्ने घटनाहरू भइरहेका छन् ।

सन् २००९ यता, यो जिहादी द्वन्द्वका कारण नाइजेरियाको उत्तरपूर्वमा ४० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने झण्डै २० लाख मानिसहरू विस्थापित भएका छन् ।

यो द्वन्द्व छिमेकी मुलुकहरू चाड, नाइजर र क्यामरुनसम्म फैलिएको छ, जसका कारण क्षेत्रीय संयुक्त सुरक्षा बल गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान

तेहरान । तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई

ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति

वासिङटन । अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको

चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’

भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

मुम्बई । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४/२५ मा ६.५ प्रतिशत कायम