रुस र युक्रेन सम्झौताको निकै नजिकः ट्रम्प



रोम । रुस र युक्रेनबीच शान्ति सम्झौताको प्रयास भइरहेको र ‘सफलतापूर्वक’ सम्झौतामा पुग्ने विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका छन् ।

राष्ट्रपति ट्रम्पले रुस र युक्रेन सम्झौताको निकै नजिक पुगेको बताए । अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यस्तो दाबी गरेका हुन् ।

रूसी नेता पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकोफबीच भएको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौता गर्ने प्रयास सफलतापूर्वक अघि बढेको बताए ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति एक भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।’ पुटिनले जेलेन्स्कीसँग सशर्त वार्ता गर्न आफू तयार रहेको हालै सङ्केत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

लस एन्जलस । अमेरिकामा मौरीको घार बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनाका

युक्रेनका निम्ति जासुसी गरेका रुसी दम्पती

सर्गेइ र तात्याना भोरोङ्कोभ रुसबाट युक्रेनको सानो गाउँमा बसाइँ सरिरहँदा शान्त जीवन बिताउने

आणविक कार्यक्रमबारे अष्ट्रियाको रिपोर्ट ‘भ्रामक’ : इरान

तेहरान । तेहरानले आणविक हतियार प्राप्त गर्न खोजेको भन्ने अष्ट्रियाली गुप्तचर निकायको रिपोर्टलाई

ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति

वासिङटन । अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको