रुस र इरानबीच नयाँ ग्यास सम्झौता



मस्को । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ । रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् ।

इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

युक्रेनको आक्रमणका क्रममा इरान रुसको प्रमुख सहयोगीका रुपमा उदाएको छ । मस्को र तेहरान दुवैलाई पश्चिमा मुलुकले ठूलो प्रतिबन्ध लगाएका छन् ।

पाकनेजादले इरान र रूसबीच ग्यास आपूर्तिका लागि एक नयाँ सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्दै भने, “सम्झौता अनुसार अब रूसबाट इरानले पहिलो चरणमा एक वर्षमा ५५ अर्ब क्यूबिक मीटर ग्यास आयात गर्नेछ ।”

दुई देशलाई छुट्याउने अजरबैजानमार्फत ग्यास पठाइने उनले बताए । रूसका सिभिलेभले मूल्य निर्धारण भइनसकेको तर यसै वर्षदेखि ग्यास ढुवानी सुरु हुने बताए ।

रूस र इरानले यसै वर्ष रणनीतिक साझेदारीका लागि अर्को एक स्म्झौतामा पनि हस्ताक्षर गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले इरानलाई आणविक कार्यक्रम त्याग्न दबाब दिइरहेका बेला ग्यास सम्झौता भएको हो ।
अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेकै दिन इरानी मन्त्रीसम्झौताका लागि मस्को भ्रमणमा थिए ।

यसैबीच, किएभ र पश्चिमा देशहरूले इरानले युक्रेनको आक्रमणका लागि मस्कोलाई हतियार पठाउन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल

गाजामा स्वास्थ्य सामाग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५०

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

लस एन्जलस । अमेरिकामा मौरीको घार बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनाका