पवन र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी : चीन



बेइजिङ । चीनले शुक्रबार आफ्नो पवन र सौर्य ऊर्जा क्षमताले पहिलो पटक कोइलाबाट चल्ने थर्मल ऊर्जालाई पार गरेको बताएको छ ।

“सन् २०२५ को पहिलो त्रैमासिकमा चीनको भर्खरै स्थापना गरिएको पवन र फोटोभोल्टिक ऊर्जा क्षमता कुल सात करोड ४३ लाख ३० हजार किलोवाट थियो, जसले सञ्चयी स्थापित क्षमता १४ लाख ८२ हजार किलोवाट किलोवाटमा ल्यायो”, चीनको राष्ट्रिय ऊर्जा निकायले छोटो बयानमा थर्मल पावरलाई परिभाषित नगरी भन्यो, “यसले पहिलो पटक थर्मल पावर (१४ लाख ५१ हजार किलोवाट) को स्थापित क्षमतालाई पार गरेको छ ।”

जलवायु परिवर्तनलाई उत्प्रेरित गर्ने विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक चीनले सन् २०३० सम्ममा कार्बन उत्सर्जनलाई शिखरमा पुर्‍याउने र सन् २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

चीनको ऊर्जा लगभग ६० प्रतिशत कोइलाबाट आउँछ तर गत वर्ष प्रकाशित अनुसन्धान अनुसार अन्य सबै देशहरू मिलेर भन्दा झण्डै दोब्बर पवन र सौर्य क्षमता निर्माण गर्दै देश नवीकरणीय ऊर्जा शक्तिको केन्द्र पनि हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार ‘अन्तर्राष्ट्रिय अवस्था जसरी परिवर्तन भए पनि’ जलवायु परिवर्तनसँग लड्न देशको प्रयास सुस्त नहुने बताएका छन् ।

सीले नोभेम्बरमा कोप ३० अघि राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) भनेर चिनिने २०३५ हरितगृह ग्यास घटाउने प्रतिबद्धता घोषणा गर्ने र यसले कार्बन डाइअक्साइड मात्र नभई सबै हरितगृह ग्यासहरूलाई समेट्ने बताए ।

यो त्यस समयमा आयो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो सबैभन्दा ठूलो प्रदूषकसंयुक्त राज्य अमेरिकालाई पेरिस जलवायु सम्झौताबाट बाहिर निकालेका गरेका छन् र जीवाश्म इन्धन शोषणमा विशाल विस्तारको प्रतिज्ञा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूसले ३० दिने युद्धविराम माने मात्र वार्ता सम्भवः युक्रेन

किभ । रुसले ३० दिनको युद्धविरामका लागि सहमति जनाए मात्र आफू वार्ताका लागि

इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका

गाजा । गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको

श्रीलङ्कामा बस दुर्घटना हुँदा २१ तीर्थयात्रीको मृत्यु, १४ जना गम्भीर घाइते

कोलम्बो । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१

साउदी अरबको तेल कम्पनी अरामको खुद मुनाफामा ४.६ प्रतिशतको गिरावट

रियाद । साउदी अरबको तेल कम्पनी साउदी अरामकोले आइतबार आफ्नो पहिलो त्रैमासिक खुद