‘विनफास्ट’को विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि



हनोई । भियतनामको विद्युतीय गाडी निर्माता ’विनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा गाडी आपूर्ति झन्डै तीन गुणाले वृद्धि गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार कुल ९७ हजार ३९९ वटा गाडी वितरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९२ प्रतिशत बढी हो ।

यद्यपि, कम्पनीले सोही वर्षमा करिब ३ अर्ब १८ करोड अमेरिकी डलर बराबरको घाटा व्यहोर्नु परेको छ ।
विनफास्ट भियतनामको पहिलो राष्ट्रिय स्तरको सवारी निर्माता हो, जसले विश्वका ठूला विद्युतीय गाडी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न कम्पनीले अझै पनि कठिनाइ भोगिरहेको छ ।

हाल विनफास्टका एक सयभन्दा बढी बिक्री केन्द्र विभिन्न देशहरूमा सञ्चालनमा छन् । कम्पनीले एशिया, युरोप, मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा क्यानाडा लगायतका क्षेत्रहरूमा आफ्नो बजार विस्तार गर्न लागिपरेको छ ।

हालै इन्डोनेसियामा कम्पनीले करिब दुई हजार पाँच सय गाडी पठाएको छ । त्यहाँ हाल २२ वटा बिक्री केन्द्रहरू सञ्चालनमा छन्। इन्डोनेसियामा नै एक लाख वटा चार्ज गर्ने स्थानहरू निर्माण गर्ने योजना रहेको पनि जनाइएको छ ।

विनफास्टकी अध्यक्ष थुईले भनिन्, ‘बजारका अनेकौं चुनौतीहरूको बाबजुद पनि हामीले अग्रगामी प्रगति गर्न सफल भएका छौं । यसले विद्युतीय सवारी साधनहरूतर्फको विश्वव्यापी आकर्षणलाई पनि पुष्टि गर्छ ।’

कम्पनीलाई भियतनामका सबैभन्दा धनी व्यक्ति फाम न्हात भुङ तथा उनको मातहतको विन समूह बाट ठूलो आर्थिक सहयोग प्राप्त भइरहेको छ।

उनको तर्फबाट सन् २०२४ मा हालसम्म चार सय दस मिलियन डलरभन्दा बढी सहयोग प्राप्त भइसकेको छ र कुल दुई अर्ब एक करोड डलरसम्म सहायता दिने वाचा गरिएको छ ।

यसका साथै, सन् २०२५ को मार्च महिनामा कतारस्थित लगानी संस्थाले करिब एक अर्ब डलर बराबरको सम्भावित लगानीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। साझेदारीले कम्पनीको अन्तर्राष्ट्रिय विस्तार र प्रविधिमा सुधार गर्न सघाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनसँग नयाँ व्यापार तनाव हुनसक्ने ट्रम्पद्वारा सङ्केत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले कर वृद्धि कम गर्ने सम्झौताको ‘उल्लंघन’

भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत

मुम्बई । भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४/२५ मा ६.५ प्रतिशत कायम

रुस र युक्रेनलाई शान्ति वार्ताको गति कायम राख्न चीनको आह्वान

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्र संघका लागि चिनियाँ राजदूतले रुस र युक्रेनलाई शान्ति

ट्रम्प–पुटिन–जेलेन्स्की बैठकको आयोजना गर्ने टर्कीको प्रस्ताव

अङ्कारा । टर्कीले शुक्रबार युक्रेनमा तीन वर्षदेखि चलिरहेको युद्धको अन्त्यतर्फ अगाडि बढ्ने प्रयासमा