युक्रेन । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन। यो अनावश्यक र गलत समय हो। भ्लादिमिर, रोक ! शान्ति सम्झौता गरौं।’ उनका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई सबैभन्दा घातक र दुस्साहसी’ भनेका छन्।
कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए। रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ । यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ ।

प्रतिक्रिया