भारत आतङ्कवादसँग कहिल्यै झुक्दैनः गृहमन्त्री शाह



श्रीनगर । भारतका गृहमन्त्री अमित शाहले अनन्तनागस्थित सरकारी मेडिकल कलेज (जीएमसी) अस्पताल पुगेर पहलगाम आतङ्कवादी आक्रमणमा घाइते भएका व्यक्तिहरूको अवस्था बुझेका छन् ।

मङ्गलबार पहलगामको बाइसारन घाँसे मैदानमा भएको आतङ्कवादी आक्रमणमा केही व्यक्तिको ज्यान गएको थियो भने धेरैजना घाइते भएका थिए । सन् २०१९ को पुलवामा हमलापछि यो कश्मीर उपत्यकामा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

घटनापछि गृहमन्त्री शाह घटनास्थल बाइसारन मैदान पुगेका थिए । उनी हेलिकप्टरमार्फत हवाई निरिक्षण गर्दै प्रत्यक्ष रुपमा मैदानको अवस्थाबारे जानकारी लिएका थिए ।

त्यसअघि, श्रीनगरको प्रहरी नियन्त्रण कक्षबाहिर आयोजित श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री शाहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो र पीडित परिवारजनहरूसँग भेट गरे ।

उनले सामाजिक सञ्जाल ‘एकस’ मार्फत शोक व्यक्त गर्दै भारत आतङ्कवादका अगाडि झुक्ने छैन भन्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

“पहलगामको आतङ्कवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । भारत आतङ्कवादका अगाडि झुक्ने छैन । यस क्रूर आक्रमणका दोषीहरूलाई उन्मुक्ति दिइने छैन,” गृहमन्त्री शाहले भने ।

यता, रक्षामन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, वायु सेनाका प्रमुख एपी सिंह लगायत उच्च अधिकारीहरूसँग बैठक गरी क्षेत्रको सुरक्षा स्थितिको समीक्षा गरेका छन् ।

यसैबीच, राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) को टोली पनि घटनास्थल पुगेको छ । डिपुटी इन्स्पेक्टर जनरल (डिआइजी) स्तरका अधिकारीको नेतृत्वमा गएको टोलीले जम्मु–कश्मीर प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग पुर्याउनेछ ।

यो हमला पछिल्ला लगभग २० वर्षको अवधिमा नागरिकहरूलाई लक्षित गरी गरिएको सबैभन्दा घातक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा स्वास्थ्य सामाग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो

स्टिल र आल्मुनियममा ५० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको घोषणा

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा आगामी हप्तादेखि ५०

२५ करोड मौरी भागेपछि सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

लस एन्जलस । अमेरिकामा मौरीको घार बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनाका

युक्रेनका निम्ति जासुसी गरेका रुसी दम्पती

सर्गेइ र तात्याना भोरोङ्कोभ रुसबाट युक्रेनको सानो गाउँमा बसाइँ सरिरहँदा शान्त जीवन बिताउने