पहलगाम आक्रमणपछि पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन



नयाँदिल्ली । भारतले पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । बुधबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित गर्ने, भारतमा रहेका सबै पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन दिने र भारतले पनि आफ्ना सल्लाहकारहरूलाई फिर्ता बोलाउने निर्णय गरेका छ ।

त्यसैगरी बैठकले पाकिस्तानीहरूको भिसा रद्द गर्ने र अटारी सीमा चौकी बन्द गर्ने निर्णय गरेको छ । सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ। पहलगाम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना नेपाली नागरिक छन् ।

२० भन्दा बढी घाइते भएका छन्। अप्रिल २२ मा बैसरन उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण गरिएको थियो । यसैबीच, सुरक्षा र गुप्तचर निकायहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन्।

उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा दिइएको छ । गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर–ए तैयबाका उपप्रमुख सैफुल्लाह खालिद रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश

किएभ । रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा

चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

सिंगापुर । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल

गाजामा स्वास्थ्य सामाग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठूलो