पोप फ्रान्सिसको निधनप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली व्यक्त



भ्याटिकन सिटी । क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा भएको निधनले संसारभर शोकको लहर फैलिएको छ । विश्वभरका नेताहरूले उनहाँको विनम्रता, करुणा र मानवताप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै श्रद्धासुमन अर्पण गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोप फ्रान्सिसले सधैं युक्रेन र त्यहाँका जनताको शान्तिका लागि प्रार्थना गरेको सम्झना गर्दै गहिरो दुःख व्यक्त गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई बुद्धिमान, न्यायप्रिय र धार्मिक सहकार्यका पक्षपाती व्यक्तित्वका रूपमा वर्णन गरे ।

बेलायती प्रधानमन्त्री केर स्टार्मरले पोपको नेतृत्व कठिन समयमा पनि साहसी र विनम्र रहँदै आएको बताए भने राजा चाल्र्सले उनीप्रति गहिरो श्रद्धा व्यक्त गर्दै भने, “उहाँले मानिस र प्रकृतिप्रतिको प्रेममार्फत धेरै जीवनमा गहिरो प्रभाव पार्नुभयो ।”

अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलीले वैचारिक भिन्नता हुँदाहुँदै पनि पोपको सौम्यता र बुद्धिमत्ताबाट आफू प्रेरित भएको बताए । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनलाई सधैं पीडित र कमजोरहरूको पक्षमा उभिने करुणामय व्यक्तित्वका रूपमा सम्झिए ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले “यो मानवजातिका लागि गहिरो क्षतिको घडी हो” भन्दै श्रद्धाञ्जली अर्पण गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पोपलाई करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतिक बताउँदै भने, “उहाँसँगको भेट स्मरणीय रह्यो र उहाँको समावेशी तथा समग्र विकासप्रतिको दृष्टिकोणले मलाई गहिरो प्रेरणा दिएको छ ।”

इजरायलका राष्ट्रपति आइज्याक हेर्जोगले पोपले यहूदी समुदायसँगको सम्बन्ध मजबुत पार्न महत्वपूर्ण योगदान दिएको स्मरण गरे । फलस्तीनी राष्ट्रपति महमुद अब्बासले पोपलाई फलस्तीनी जनताको सच्चा मित्र भन्दै श्रद्धाञ्जली अर्पण गरे ।

स्पेन, जर्मनी, इजिप्ट, केन्या, फिलिपिन्सलगायत विभिन्न देशका नेताहरूले पनि पोप फ्रान्सिसप्रतिको आफ्नो सम्मान, माया र प्रेरणालाई गहिरो भावनाका साथ अभिव्यक्त गरेका छन् ।

पोप फ्रान्सिसको सादगी, सहिष्णुता र सबैप्रतिको प्रेम भावले विश्वभरका करोडौँ मानिसको हृदय छुने काम गरेको छ । उनको दिव्य आत्माको चिर शान्तिको कामना गर्दै विश्व आज शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु

इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

जकार्ता  । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार बिहान म्याद

कुर्दिस लडाकू पिकेकेको विघटन, सशस्त्र सङ्घर्ष अन्त्यको घोषणा

इस्तानबुल । कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले सोमबार आफ्नो विघटनको घोषणा गर्दै टर्की

पाकिस्तानसँगको युद्धविरामपछि भारतका सबै विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको