डुङ्गामा आगलागी हुँदा कङ्गोमा १४३ जनाको मृत्यु



किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन्।

यो दु:खद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उहाँले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्।

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करबाट हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल

युक्रेनसहित प्रमुख भन्सार शुल्कसम्बन्धी चिन्ताका साथ जी–७ वित्त नेताहरूको भेला

बान्फ (क्यानाडा)। जी–७ राष्ट्रका शीर्ष वित्त नेताहरू मङ्गलबारदेखि क्यानाडामा भेला हुँदैछन् । भेलामा

पुटिनसँगको वार्तापछि ट्रम्पले भने- रूस र युक्रेनले युद्ध अन्त्यका लागि वार्ता सुरु गर्छन्

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच दुई घण्टा

मङ्गोलियामा करिब सात लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित

उलान बातोर । मङ्गोलियामा चालु वर्षको सुरु देखि हालसम्म ८९ वटा वन र