म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने



पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएका छन् ।

युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली सङ्घ र अमेरिकी प्रतिनिधिमण्डललाई भेट्न फ्रान्सको राजधानी पेरिसमा रहेको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राजदूत स्टिभ विटकोफले युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि युद्धविरामकोको प्रयासले सफलता नपाएपछि अमेरिकी अधिकारीहरू फ्रान्सको राजधानी पेरिसमा आइपुगेका हुन् ।

युक्रेनको सुमी र क्रिभी रिग सहरमा हालै भएको रुसको हवाई आक्रमणमा थुप्रै बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र यसले कूटनीतिक प्रयासको शृङ्खलाका बावजुद युद्धले कसरी ठूलो क्षति व्यहोरिरहेको छ भन्ने देखाउँछ ।

युक्रेनको डेनिप्रो शहरमा बुधबार राति भएको रुसी ड्रोन आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको थियो ।

ट्रम्पले रुससँग प्रत्यक्ष वार्ताका लागि देखाएको तत्परताका कारण यस पहिले अमेरिकाका निकट सहयोगीका रूपमा रहेका कतिपय पश्चिमा राष्ट्रहरू चकित भएका थिए । म्याक्रोँले युक्रेनको रक्षाका लागि समन्वित युरोपेली प्रतिक्रिया सिर्जना गर्न नेतृत्व लिएका छन् ।

युक्रेनका सेना प्रमुख एन्ड्री येर्माकले आफू विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तम उमरोभ फ्रान्स, जर्मनी, बेलायत र संयुक्त राज्य अमेरिकालाई भेट्न पेरिस पुगेको बताएका छन् ।

फ्रान्सका एक कूटनीतिक स्रोतका अनुसार यसअघि रुबियो र फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटबीच युक्रेनको युद्ध, मध्यपूर्वको अवस्था र इरानी आणविक फाइलबारे छलफल हुने बताइएको थियो । पदभार ग्रहण गरेयता रुबियोको यो तेस्रो युरोप भ्रमण हो ।

पुटिनसँगको तेस्रो भेटको केही दिनपछि सोमबार विटकोफले शान्ति सम्झौता ‘उदीयमान’ भएको देखेको बताएका थिए । तेहरानको आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच शनिबार ओमानमा भएको छलफलपछि पेरिस वार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ