गाजामा इजरायली हमलामा २५ जनाको मृत्यु



गाजा । इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको छ ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको जानकारी दिए ।

खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुदाँ अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताए ।

उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको र अन्य घाइते भएका छन् ।

उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुबा र बच्चाको मृत्यु भएको बासलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक