चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा



नोमपेन । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ ।

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्कोडिया पुगेका हुन् ।

बिहीबार नोम पेन्हको विमानस्थलमा उहाँलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए ।

राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो ।

नोम पेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गरेका छन् ।

उनले दुई देश वीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताएका छन् ।

यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले “महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन् ।

चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणा पछि विश्व व्यापी रुपमा यस विषयमा बहस र चर्चा भइरहेको छ ।

कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा

‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

सियोल। उत्तर कोरियाले सोमबार रूससँगको आफ्नो सैन्य सहयोगको पक्षमा बोल्दै यो सम्बन्ध युरोप

युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी