डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता



जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।

सङ्गठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ ।

“यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्वपूर्ण कोसेढुङ्गा हो, डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए ।

कोभिड–१९ ले लाखौँं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा लगाएतका विषयहरू वार्तामा समावेश थिए ।

सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो ।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार