खनिज सहकार्यका लागि यूक्रेन–अमेरिका संवादमा



किएभ । यूक्रेनले अमेरिका समक्ष खनिज सम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्तावहरू औपचारिक रूपमा प्रस्तुत गरेको छ। युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार, यो जानकारी यूक्रेनको पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिएका हुन् ।

“हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्ष समक्ष स्पष्ट रूपमा राख्ने अवसर पाएका छौं,“ स्विरिडेन्कोले भने ।

उनले केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वाशिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरे । “यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,“उनले भने ।

यसबाहेक, इंटरफ्याक्स–यूक्रेन समाचार एजेन्सीका अनुसार, गत साता यूक्रेनबाट एक प्राविधिक टोली अमेरिका गएको थियो। उक्त टोलीले सम्भावित खनिज सम्झौतासम्बन्धी विषयहरूमा अमेरिकी पक्षसँग विस्तृत रूपमा विचार–विमर्श गर्ने अवसर पाएको थियो, जसले दुवै देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य

नोबेल पुरस्कार विजेताहरूद्वारा ट्रम्प र पुटिनलाई आणविक निःशस्त्रीकरणका लागि भेट्न आग्रह

जेनेभा । आणविक हतियारहरू निर्मूल गर्न अभियान चलाइरहेका नोबेल शान्ति पुरस्कार विजेता तीन