विद्युतीय सवारीको ब्याट्री सुरक्षा नियममा चीनको नयाँ पहल



बेइजिङ । चीनले विद्युत् सवारीसाधन (इभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो मापदण्डको शीर्षक ‘जीबी३८०३१–२०२५’ राखिएको छ ।

संशोधित मापदण्डमा केही महत्वपूर्ण सुधारहरू गरिएको छन् । यसमा ब्याट्रीको ताप सम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ, जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा सवारी परीक्षणको अवस्था अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

त्यस्तै, ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ । अब ३०० पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ ।

संशोधित मापदण्डले यो नियम सवारीसाधन चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने उल्लेख गरेको छ । यो कदमले विद्युत् सवारीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे

अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य