पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीन जना प्रहरीको मृत्यु, १६ घाइते



इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो।

दुई जना घाइतेको अवस्था गम्भीर छ। सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो।

घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ।सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो। उहाँले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने।

मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भने, “घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन।”

हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन। बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन्। यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे

अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य