पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार : ट्रम्पका दूत



वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् ।

ट्रम्पले मस्को र किएभलाई युद्ध विराममा सहमत हुन दबाब दिइरहेका छन् तर रुसी र अमेरिकी अधिकारीहरूबीच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठुलो सहुलियत प्राप्त गर्न असफल भएका छन् ।

शुक्रवार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेट गरे । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि उनीहरूको यो तेस्रो बैठक थियो । सोमबार टेलिभिजनमा प्रसारण गरिएको फक्स न्युजको अन्तर्वार्तामा विटकेफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहेको बताए ।

“पुटिनको अनुरोध यहाँ स्थायी शान्ति होस् भन्ने हो । त्यसैले युद्ध विरामभन्दा पर हामीले त्यसको जवाफ पायौँ”, विटकफले भने, “हामीलाई यो ठाउँमा पुग्न केही समय लाग्यो, मलाई लाग्छ हामी केही कुराको नजिक हुन सक्छौँ जुन विश्वव्यापी रूपमा धेरै, धेरै महत्त्वपूर्ण हुनेछ ।”

उनले रुस र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्झौताहरू पनि वार्ताको हिस्सा रहेको बताए । “मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी-अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ”, उनले भने ।

कूटनीतिक उथलपुथलका बाबजुद युक्रेन युद्ध विराम प्राप्त गर्ने ट्रम्पको मुख्य उद्देश्यमा थोरै अर्थपूर्ण प्रगति भएको छ । पुटिनले गत महिना द्वन्द्वमा पूर्ण र बिना सर्त विरामका लागि अमेरिका–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गर्नुभयो भने क्रेमलिनले कृष्ण सागरमा युद्ध विराम गरेको छ र पश्चिमले केही प्रतिबन्धहरू हटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे

अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य