युरोपेली सङ्घबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा



लक्जेम्बर्ग । युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ ।

यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।

“हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,” युरोपेली सङ्घको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली सङ्घले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो ।

यस सहयोग अन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पुर्याउनेछ ।

अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैङ्कमार्फत उपलब्ध गराइनेछ ।

यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे

अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ

बेइजिङ। चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार

आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त

डोहा । अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा

यमनमा अमेरिकाद्वारा आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु

यमन । यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य