समुद्री क्षेत्रमा दीर्घकालीन सुधारका लागि पाकिस्तानको तयारी
इस्लामावाद । पाकिस्तान सरकारले समुद्री क्षेत्रको दीर्घकालीन विकास र जलवायु परिवर्तनको असर घटाउन समुद्री वातावरणको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।
पाकिस्तानका जल यातायात मामिलाका मन्त्री मुहम्मद जुनैद अनवर चौधरीले आइतबार एक कार्यक्रममा भने, “समुद्री प्राकृतिक क्षेत्रहरूलाई जोगाउन र पुनःस्थापना गर्न आवश्यक रहेको छ । यस्ता प्रयासहरू पाकिस्तानको वातावरण नीति र समुद्री क्षेत्रको दीगो योजनासँग जोडिएको छ ।”
उनका अनुसार तटीय क्षेत्रमा अनियन्त्रित निर्माण, प्रदूषण, अत्यधिक माछा मार्ने कार्य, वातावरणीय परिवर्तन र असन्तुलित जमिन प्रयोगले समुद्री जीवन र वातावरणलाई असर गरिरहेको छ ।
“यी समस्याले प्राकृतिक सन्तुलन बिगार्छन् र समुद्री जीवजन्तुहरूलाई सङ्कटमा पार्छन्,” उनले भने ।
उनले संरक्षण र आर्थिक विकास सँगसँगै अघि बढ्न समुदायको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।
“हामी तटीय क्षेत्रका बासिन्दा र स्थानीय माछा मार्नेहरूसँग मिलेर काम गरिरहेका छौं,” उनले भने, “यसले समुदायलाई सशक्त बनाउने र दीर्घकालीन दिगोपन सुनिश्चित गर्नेछ ।”