मालदिभ्सले पुस्तागत प्रतिबन्धसहित धुमपान चरणबद्ध रूपमा बन्द गर्ने



माले । मालदिभ्सले यस वर्ष दक्षिण एसियाली विलासी पर्यटक द्वीपसमूहमा धुमपानलाई निषेध गर्ने प्रयास गर्नेछ र हाल १९ वर्षमुनिका कसैलाई पनि कहिल्यै चुरोट किन्न अवैध बनाउने प्रतिबन्ध लगाइनेछ ।

प्रस्तावित कानूनले सन् २००७ जनवरीपछि जन्मिएका व्यक्तिहरूलाई सुर्तीजन्य उत्पादनहरूको बिक्री निषेध गर्नेछ । यसले भविष्यका पुस्ताहरूका लागि धुमपानलाई प्रभावकारी रूपमा चरणबद्ध रूपमा हटाउनेछ ।

‘नयाँ कानून सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेछ’, राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले आइतबार मन्त्रिमण्डलको बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नयाँ कानून उल्लङ्घन गर्नेका लागि जरिवानाहरू तत्काल घोषणा गरिएको थिएन तर अधिकारीहरूले नयाँ कानूनसँग मिल्ने गरी विद्यमान सुर्ती नियन्त्रण कानूनहरू संशोधन गर्न काम गरिरहेको बताएका छन् ।

बेलायतमा प्रस्तावित यस्तै कानून अझै विधायी प्रक्रियामा छ भने धुम्रपानविरुद्ध पुस्तागत कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डमा सन् २०२३ नोभेम्बरमा यो पेश भएको एक वर्षभन्दा कम समयमा यसलाई खारेज गरिएको थियो ।

माल्दिभ्सले नोभेम्बरमा धुमपानको कानूनी उमेर १८ बाट बढाएर २१ बनायो र ई–सिगरेट र भ्यापिङ उपकरणहरूको आयातमा प्रतिबन्ध लगायो । यी नीतिहरू पर्यटकहरूमा पनि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट विद्युत अवरोध भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूको भनाइ

ब्रसेल्स । स्पेनको विद्युत अवरोध साइबर आक्रमणबाट भएको भन्ने कुनै सङ्केत नभेटिएको इयूले

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरसको उपस्थिति

जापानका सबैभन्दा वृद्ध व्यक्तिको ११५ वर्षको उमेरमा निधन

टोकियो । जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको

पुटिनद्वारा तीन दिने युद्धविरामको घोषणा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे