चीनमा हाइड्रोजन ड्रोनद्वारा ३० घण्टा निरन्तर उडान गरी नयाँ कीर्तिमान कायम



चीन । चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो ।

झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् ।

हाइड्रोजनको विशेष ऊर्जात्मक गुणलाई ध्यानमा राखी यस ड्रोनले प्राविधिकरूपमा ठूलो उपलब्धि हासिल गरेको विकासकर्ताहरूले बताएका छन् ।

यो कीर्तिमानी उडान चीनको दक्षिण–पश्चिम सिचुवान प्रान्तको दुज्याङयान क्षेत्रमा गरिएको थियो ।
ड्रोनलाई उडाउनको लागि चालकविहीन सवारीसाधनको छतमा राखेर चलाइएको थियो । सवारी साधन गतिमा रहँदा त्यसैको माथिबाट ड्रोन सफलतापूर्वक उडाइएको थियो ।

उडानको क्रममा ड्रोनले आफ्नो बोर्डमा रहेको प्रविधिमार्फत जमिनबाट टाढा रहेर पनि स्थायी रूपमा निगरानी गर्न सक्ने क्षमता देखाएको थियो । यसले हाइड्रोजन ड्रोनको प्रयोग अत्यन्त सम्भावनायुक्त रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ

बङ्गलादेशको जमात–ए–इस्लामीलाई निर्वाचनमा भाग लिने अनुमति

ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनस्र्थापित गरिदिएको छ र

युक्रेन नजिकै रूसी पुल भत्किँदा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को । युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात

साउदी विदेश मन्त्रीको सिरिया भ्रमणमा, आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल हुने

दमास्कस । साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी