चीनले गर्यो अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा



बेइजिङ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा १४५ प्रतिशतले वृद्धि गरेको बदलामा चीनको यो प्रतिक्रिया आएको हो ।

चीनले थप कर वृद्धिले अमेरिकी आयातकर्ताहरूलाई सामान किन्नको लागि कुनै आर्थिक लाभ नहुने हुँदा अमेरिकी प्रशासनले लागू गर्ने थप करहरूलाई बेवास्ता गर्नेछ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकले पालैपालो अतिरिक्त कर वृद्धिको घोषणा गरी विश्वको व्यापार क्षेत्रमा अवरोध खडा गर्न थालेपछि एक सातासम्म विश्व अर्थबजारमा उथलपुथल मच्चिएपछि बेइजिङले ट्रम्पको बढ्दो झुकावलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ भन्दै खारेज गरिदिएको छ ।

ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ भने जवाफमा अमेरिकाले अराजकताको लागि ‘पूर्ण जिम्मेवारी वहन गर्नुपर्ने’ बताएको छ।

ट्रम्पले निर्माताहरूलाई अमेरिकामा आफूलाई आधार बनाउन र देशहरूलाई अमेरिकी सामानहरूमा अवरोधहरू कम गर्न बाध्य पार्ने छडीको रूपमा दर्जनौँ प्रमुख मुलुककका लागि पीडादायी भनिएको व्यापक अतिरिक्त करहरू लागू गरेका छन् ।

यस हप्ता बजार उथलपुथल पछि ट्रम्पले विश्व वाणिज्यको युद्धपछिको प्रणालीलाई पुनः मोडेल गर्न आफ्नो योजनाबाट पहिलोपटक पछि हट्दै बुधबार ९० दिनको लागि धेरै मुलुकमाथि लगाइएको करलाई स्थगन गरेका थिए ।

यद्यपि उनले चिनियाँ सामानको आयातमा लगाइएको अतिरिक्त करलाई निरन्तरता दिँदै कर वृद्धिलाई कुल १४५ प्रतिशतको आश्चर्यजनक विन्दुमा पुर्याए ।

बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू हुने गरी कर १२५ प्रतिशत पुगेको छ । चिनियाँ अर्थ मन्त्रालयले अमेरिकाले चालेको थप कदमलाई नजरअन्दाज गरिने पनि बताएको छ । चीनले ‘हालको भन्सार स्तर’मा चीनमा निर्यात हुने अमेरिकी सामानका लागि बजार स्वीकृतिको कुनै सम्भावना छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ

बङ्गलादेशको जमात–ए–इस्लामीलाई निर्वाचनमा भाग लिने अनुमति

ढाका । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामी पार्टीको दर्तालाई आइतबार पुनस्र्थापित गरिदिएको छ र

युक्रेन नजिकै रूसी पुल भत्किँदा सात जनाको मृत्यु, दर्जनौँ घाइते

मस्को । युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात

साउदी विदेश मन्त्रीको सिरिया भ्रमणमा, आर्थिक सहकार्यबारे उच्चस्तरीय छलफल हुने

दमास्कस । साउदी अरेबियाका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान शनिबार सिरियाको राजधानी